npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

रियल म्याड्रिडले गुमायो शीर्ष स्थानमा पुग्ने मौका, गिरोनासँग बराबरी

इन्द्र कमल रोक्का 6 hours ago

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले गिरोनाविरुद्ध १-१ को बराबरी खेल्दै लिगको शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ।

यो बराबरीसँगै रियल म्याड्रिड लिगमा लगातार तेस्रो पटक जितविहीन भएको छ र अब रियल बार्सिलोनाभन्दा १ अंकले पछि परेको छ।

स्टाडी म्युनिसिपल डे मोन्टिलीभीमा भएको खेलमा गिरोनाले पहिलो हाफको अन्तिममा गोल गर्दै अग्रता लिएको थियो। गिरोनाका लागि अज्जेदिन ओनाहीले ४५औं मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए।

दोस्रो हाफमा रियल म्याड्रिडले बराबरीका लागि दबाब बढायो। अन्ततः ६७औं मिनेटमा किलियन एम्बाप्पे ले पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। खेलमा रियल म्याड्रिडले जितका लागि धेरै प्रयास गरे पनि गिरोनाको रक्षापंक्ति तोड्न सकेन र खेल बराबरीमै सकियो।

Read more news from Kendrabindu

Explore by Source or Category