डिपलको नयाँ एसयूभी ई०७ नेपालमा सार्वजनिक, मूल्य १ करोड १० लाख रुपैयाँ
काठमाडौं। डिपलको नयाँ एसयूभी नेपालमा सार्वजनिक गरिएको छ। अत्याधुनिक एअर सस्पेन्सन सुविधासहितको डिपल ई०७ गाडी एमएडब्लू वृद्धिले नेपाल भित्र्याएको हो।
कम्पनीका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले बुधबार एक समारोहबीच गाडी सार्वजनिक गरे।
कम्पनीले यो गाडी हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयूभी भएको बताएको छ।
कम्पनीका अनुसार ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो। जसले भौगोलिक अवस्था हेरेर एसयूभीको ग्राउन्ड क्लियरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ।
उच्च गतिमा ई०७ को ग्राउन्ड क्लियरेन्स स्वचालित रुपमा कम भएर एसयूभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि गाडीमा छ।
डिपल ई०७ को पहिलो भर्सन विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभीका रुपमा गत वर्ष नेपाली बजारमा प्रवेश गरेको थियो।
नयाँ ई०७ मा लक्जरीको स्तरलाई बेजोड बनाइएको छ। यसका चार वटै सिट हिटिङ, भेन्टिलेटेड र वेलकमिङ छन्। गाडीमा जिरो ग्र्याभिटी रिल्याक्सेसन मोड छ जसले गाडीभित्रको वातावरणलाई पर्सनल वेलनेस लाउन्जमा परिणत गरिदिन्छ।
गाडीमा ८९.९८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको फुल चार्जमा ५९० किलोमिटर रेन्ज दिने कम्गपनीले बताएको छ।
कम्पनीले ह्वाइट, ब्ल्याक र ग्रे रङमा उपलब्ध गाडीको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
The post डिपलको नयाँ एसयूभी ई०७ नेपालमा सार्वजनिक, मूल्य १ करोड १० लाख रुपैयाँ appeared first on BIZMANDU.