नेप्से परिसू्चक २६.५१ अंकले घटेर २६४९ विन्दुमा, ७ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच
काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। गत साता लगातार उकालो लागेको बजार आइतबार २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा आएको छ।
उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्। इन्भेष्टमेन्टको सूचक सबैभन्दा धेरै १.४८ प्रतिशतले घटेको छ।
बजारमा २११ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। दोहोरो अंकले घटेको बजारमा ४५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। बजारमा ४ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। बजारमा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै २३ करोड ५ लाख, जोशी हाइड्रोपावरको २१ करोड ८१ लाख र ग्रीन भेन्चर्सको २१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
The post नेप्से परिसू्चक २६.५१ अंकले घटेर २६४९ विन्दुमा, ७ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच appeared first on BIZMANDU.