npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस एनपीएल खेल्न नेपाल आउँदै

नेपालन्युज 6 hours ago

काठमाडौं। दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज (सोमबार) नेपाल आउँदै छन्।

उनलाई एनपीएलको दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले अनुबन्ध गरेको छ। तर, आबुधाबी टी-१० लिग खेलिरहेको कारण उनी ढिला गरी काठमाडौं आउन लागेका हुन्।

उनी अपरान्ह्र साढे ४ बजे कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका हुन्।

आबुधावी टी-१० लिगमा उनले भिस्टा राइडर्सको कप्तानी गरेका थिए। तर सात खेल खेल्दै भिस्टा तीन जितसहित ६ अंक बटुल्दै सातौं स्थानमा रहेर लिगबाट बाहिरिएको थियो।

लिगमा उनले एक अर्धशतकसहित १३१ रन बनाए। एनपीएलमा विराटनगर प्लेअफनजिक छ। पाँच खेल खेलेको विराटनगरले चार जित निकाल्दै तेस्रो स्थान ओगटेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category