npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सीमित स्रोतसाधनका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको छ -मन्त्री मगर

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहकार सरकार बिच सहकार्य आवश्यक रहेको बताए ।

‘तीनवटै तहले स्वास्थ्य क्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उनले भने ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएको उनले भने । उनले केन्द्र, प्रदेश र संघीय सरकारले कुन कुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

वाग्मती प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको उनले बताए । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उनले जानकारी दिए । त्यस्तै प्रदेश तहका अस्पतालमा सेवा विस्तार गर्दै लगिएको उनले सुनाए ।

स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उनको धारणा छ । ‘प्रत्यक्ष भेटिने सकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उनले भने ।

वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु गरेको बताउँदै उनले त्यहाँबाट उत्पादित डाक्टरहरू वाग्मती प्रदेश भित्रका स्थानीय तहका अस्पतालका डाक्टरहरू पठाइने जानकारी दिए । अहिले पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँका अस्पतालमा पठाइरहेको उनले बताए ।

जनताको माग भौतिक पूर्वाकारको क्षेत्रमा बाढी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको बजेटलाई पनि प्राथमिकतामा राख्नु पर्ने उनले जानकारि दिए । अब स्वास्थ्य सहरको अवधारणा आएकोले यसको लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा थापाले जोड दिए ।

Read more news from Kendrabindu

Explore by Source or Category