npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

‘लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध छ’

Sudarshan Shrestha 2 hours ago

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । 

तर, लगानी गर्नेले कुनै गल्ती गरे कानून अनुसार कारवाही हुने अर्थमन्त्री खनालले बताएका छन् । 

त्यस्तै, अर्थमन्त्री खनालले आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको भन्दै कानून राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने भन्दै चेतावनीसमेत दिएका छन् । नेपालमा स्वदेशी वा विदेशी जसले सम्पत्ति सृजना गरे पनि त्यो मुलुककै सम्पत्ति हुने अर्थमन्त्रीको भनाई छ । 

विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको अर्थमन्त्री खनालले बताएका छन् ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category