Sutra News
बालेन शाहका बुबा रामनारायणको अन्त्येष्टि, अस्पतालबाट पशुपति आर्यघाट लैजाँदाका १६ तस्बिर
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक परेको छ ।
मेयर शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा ७७ वर्षको निधन भएको हो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो १२ बजेर २० मिनेट जाँदा उनको निधन भएको हो ।
आइतबार बिहान अस्पताल भर्ना गरिएको शाहको सोमबार निधन भएको हो । पिसाबमा संक्रमण भएर शरीरमा फैलिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।।
