npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

एमालेको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन

नेपाल न्युज 19 hours ago

मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ।

हेटौँडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका हुन्। महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा थिए। जसमध्ये आठ जना निर्वाचित भए।

निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनील मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत सूर्यप्रसाद न्यौपानेले जानकारी दिए।

निर्वाचित सिग्देल, लामा र मोक्तान क्रमशः हेटौँडा उपमहानगरपालिका–४, १० र १५ का वडाध्यक्षसमेत थिए। यस्तै मकवानपुर क्षेत्र नं २ बाट बलराम बल, एकालाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहन लामा निर्विरोध चयन भएका  छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category