Taksar News
कास्की कारागारबाट फरार कैदी हिरा बहादुर कुँवर स्याङ्जाबाट पक्राउ
काठमाडाैँ । कास्की कारागारबाट फरार भएका एक कैदीलाई स्याङ्जाबाट पक्राउ गरिएको छ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका कैदीलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले हिजाे स्याङ्जा जिल्लाकै भीरकोट नगरपालिका–११ स्थित निजको वतनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा स्याङ्जा भीरकोट नगरपालिका–१ निवासी ४० वर्षीय हिरा बहादुर कुँवर रहेका छन्। उनीमाथि ‘हाडनाता जवरजस्ती करणी’ सम्बन्धी मुद्दा चलिरहेको थियो।
फरार अवस्थामै रहेका उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।