npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन, महामन्त्रीमा प्रदीप र गुरुलाई सर्वसम्मत घोषणको तयारी

Narayan 15 hours ago

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः संशोधन भएको छ। कार्यसमिति चयनका लागि बुधबार राती २ बजेदेखि हुने भएको छ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान २ बजेदेखि ५ बजेसम्म मतदान तोकिएको छ।

विशेष महाधिवेशनले पुरानै विधान अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको चयन गर्न लागेको हो। सर्वसम्मत नेतृत्व चयनका लागि समेत प्रयास भइरहेको पनि नेताहरुले बताएका छन्।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्‍त्रीलगायतका पदाधिकारी विधान बमोजिम चयन हुनेछन्।

सभापतिमा गगन थापा , उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल तथा महामन्त्री गुरूराज घिमिरे र प्रदीप पौडेलको नाममा करिब सहमति छ।

यस्तै सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ताकुमारी यादव, प्रकाश रसाइली, डिला संग्रौला, बहादुरसिंह लामा, उदयशमशेर राणा, योगन्द्र चौधरी र कर्ण बुढाको नाममा पनि सहमति छ। तर औपचारिक रुपमा घोषणा भएको छैन।

The post कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन, महामन्त्रीमा प्रदीप र गुरुलाई सर्वसम्मत घोषणको तयारी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category