RONB post
‘द ब्लू लाइट’ को ट्रेलर, प्रेम, डर, छलकपटको कथा
RONB Post
|
9 hours ago
काठमाडौं । मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लु लाइट’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा प्रेम, डर, छलकपट र बदलाको कथा समेटिएको छ।
रहस्य, भयावह परिस्थिति, पात्रहरूको भावनात्मक लडाईँको कथा ट्रेलरमा देख्न सकिन्छ।
माघ १६ गतेबाट प्रदर्शन हुने यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
फिल्मलाई निर्देशक चौहान स्वयंले निर्माण गरेका हुन् भने सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् ।
The post ‘द ब्लू लाइट’ को ट्रेलर, प्रेम, डर, छलकपटको कथा appeared first on RONB post.