npl.977 Nepal News Stream

RONB post logo RONB post

प्राधिकरणको तार बेचेको आरोपमा केन्द्र प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

RONB Post 1 day ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सिंहका साथै आयोगले केन्द्रका तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि काठमाडौंका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमाललाई पनि प्रतिवादी बनाएको छ ।

पोखरा वितरण केन्द्रले ९०० मिटर तामाको तार बेचे खाएको भन्ने उजुरी परेको थियो। तत्कालीन कार्यलय प्रमुख सिंहसहितको आपसी मिलेमतोमा प्राधिकरणको तामाको तार बाहिर बेचे १३ लाख ९३ हजार ६०३ रुपैयाँ हानीनोक्सानी गरेको खुल्न आएको अख्तियारको ठहर छ।

The post प्राधिकरणको तार बेचेको आरोपमा केन्द्र प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category