npl.977 Nepal News Stream

Sutra News logo Sutra News

सुगन्धका लागि परफ्यूम, तर शरीरका लागि हुन्छ यस्ताे हानी

सुत्र न्युज 20 hours ago

धेरै मानिसहरू सुगन्धप्रेमी हुन्छन् र परफ्यूम नलगाई घरबाट निस्किनै मान्दैनन्। तर यदि तपाईं पनि यस्तै बानीमा हुनुहुन्छ भने सावधान हुनु आवश्यक छ।

परफ्यूमले ताजगी र आत्मविश्वास त दिन्छ तर दैनिक प्रयोगले स्वास्थ्यमा केही नराम्रा प्रभाव पनि पार्न सक्छ। धेरै परफ्यूममा हुने रसायन, कृत्रिम सुगन्ध र अल्कोहल शरीरका लागि हितकर हुँदैनन्। यसैले सावधानीपूर्वक प्रयोग गर्नु जरुरी हुन्छ।

परफ्यूम बारम्बार लगाउँदा शरीरमा देखिन सक्ने परिवर्तनहरू के–के हुन सक्छन् ?

१. छालामा जलन

परफ्यूममा हुने अल्कोहल र कृत्रिम फ्लेवरले छालामा जलन उत्पन्न गर्न सक्छ। लगातार छालामा छर्किँदा रातोपन, खुजली, साना दाना देखिन सक्छन्।

२. टाउको दुखाइ र चक्कर

धेरैजसो मानिसहरूलाई परफ्यूमको तीव्र सुगन्धले टाउको दुखाउने वा चक्कर आउने समस्या हुन्छ। हामीले कहिलेकाहीँ यसलाई कामको तनाव ठान्छौँ, तर कारण परफ्यूम पनि हुन सक्छ।

३. सास फेर्न समस्या

यदि तपाईंलाई पहिले नै दम (अस्थमा) वा कुनै प्रकारको एलर्जी छ भने परफ्यूमको दैनिक प्रयोगले समस्या झनै बढाउन सक्छ। परफ्यूमका रसायनहरूले सास फेर्न थप कठिन बनाउन सक्छन्।

४. हार्मोनमा असर

केही परफ्यूममा फ्थालेट्स नामक रसायन प्रयोग गरिन्छ, जसले शरीरको हर्मोनल ब्यालेन्समा असर पार्ने सम्भावना हुन्छ। विशेषज्ञहरूका अनुसार यसले स्वास्थ्यमा दीर्घकालीन नकरात्मक प्रभाव पार्न सक्छ।

५. छाला चाँडै बुढिनु

यो सुन्दा अचम्म लाग्न सक्छ, तर परफ्यूममा भएको अल्कोहल र रसायनले छालालाई ड्राइ बनाउँछ। छाला सुख्खा देखिनु र चाँडै बुढिनेजस्ता लक्षण देखिन सक्छन्।

परफ्यूम कसरी लगाउने ?

परफ्यूम सिधै छालामा नलगाउने – कपडामा हल्का स्प्रे गर्नु बेस हुन्छ।

राम्रो ब्रान्ड छान्ने – कम रसायनयुक्त, गुणस्तरीय परफ्यूम प्राधान्य दिनुहोस्।

दैनिक होइन, बीच–बीचमा प्रयोग गर्ने – दिन छोडेर लगाउँदा छालालाई आराम मिल्छ। एजेन्सीबाट

Read more news from Sutra News

Explore by Source or Category