npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सहकारी ठगीका सबै अभियुक्तका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता

इन्द्र कमल रोक्का 6 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता गर्ने भएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपितविरुद्ध ती अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी हुन् । गत बुधबार लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर जीबी राई, छविराज जोशी लगायत विरुद्धका अभियोग समेत फिर्ता हुने भएको हो ।

अब उनीहरूले सहकारी ठगीको मुद्दा मात्रै सामना गरे पुग्छ ।

Read more news from Kendrabindu

Explore by Source or Category