हत्या आरोपीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयअगाडि विरोध प्रदर्शन
नेपालन्युज
|
1 hour ago
जनकपुरधाम। एक महिलाको हत्या भएको भन्दै आरोपीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि आज सोमबार बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ।
गत बिहीबार जनकपुरधाम उपमहानगरपालिका-४ कटैयाकी रोशनी झाको मृत्यु भएकाे थियाे। उनको घरपट्टिकाले भर्याङबाट लडेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बताइरहेको छ भने माइती पक्षले घाँटी थिचेर हत्या गरेको आरोप लगाएका छन्। रोशनीको हत्या उनकै श्रीमान्बाट भएको माइती पक्षको आरोप छ।
प्रहरीले मृतकका श्रीमान् प्रशान्त मिश्रलाई पक्राउ गरी छानबिन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख रुगमबहादुर कुँवरले घटनाको सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बताए।