Taksar News
अशोक सिलवालको नयाँ कृति ‘एभरेस्ट’ सार्वजनिक
काठमाडौं । अशोक सिलवालको नयाँ कृति ‘एभरेस्ट’ पोखरास्थित अन्तर्राष्ट्रिय पर्वत संग्रहालय (आईएमएम) मा सार्वजनिक गरिएको छ।
‘एन अनफिनिस्ड स्टोरी’ उपशीर्षक रहेको यस पुस्तकको विमोचन संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले गरिन् ।
विमोचन कार्यक्रममा निर्देशक न्यौपानेले सिलवालको योगदान हिमाली पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण रहेको उल्लेख गरिन्।
लेखक सिलवालले संग्रहालयले पुस्तकप्रति देखाएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै केही प्रति संग्रहालयको लाइब्रेरीलाई हस्तान्तरण गरे।
यसअघि ‘एभरेस्ट’ लाङटाङ क्षेत्रको ४ हजार मिटर उचाइमा रहेको क्यान्जिङमा सार्वजनिक गरिएको थियो। सगरमाथा केन्द्रमा राखिएको भए पनि पुस्तक ‘अध्यात्म र अनुभवको भुईँयात्रा’ भएको लेखकको भनाइ छ।
‘एभरेस्ट’ सिलवालको पाँचौँ पुस्तक हो। उनी पर्यटन प्रशिक्षक, स्वतन्त्र पत्रकार तथा डकुमेन्ट्री निर्देशक समेत हुन्।