भरतपुर महानगरले ५३ करोड खर्च गरेर बनायो अत्याधुनिक प्रशासकीय भवन, प्रचण्डले गरे उद्घाटन
काठमाडौं। भरतपुर महानगरपालिकाले ६ तले नयाँ प्रमुख प्रशासकीय भवन बनाएको छ। महानगरले ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ खर्च गरेर प्रशासकीय भवन बनाएको हो।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नवनिर्मित भवन उद्घाटन गरेका छन्। भवनमा इनेटेरियरको काम भने बाँकी नै छ।
महानगर प्रमुख रेनु दाहालले भुइँ तलाको इन्टेरियर कार्य सम्पन्न भएकाले भवन उद्घाटन गरिएको बताइन्। उनका अनुसार माथिल्ला तलामा इन्टेरियरको केही काम बाँकी छ।
भवन निर्माण गर्न संघीय सरकारले २१ करोड ५८ लाख १४ हजार र बागमती प्रदेश सरकारले १९ करोड ८९ लाख ३६ हजार रुपैयाँ दिएकामा ४ करोड ५० लाख रुपैयाँ भरतपुर महानगरले आफैं हालेको हो।
भवनको शिलान्यास २०७८ चैत ११ गते ‘प्रचण्ड’ले नै गरेका थिए।
The post भरतपुर महानगरले ५३ करोड खर्च गरेर बनायो अत्याधुनिक प्रशासकीय भवन, प्रचण्डले गरे उद्घाटन appeared first on BIZMANDU.