npl.977 Nepal News Stream

Himal Press logo Himal Press

एनपीएल : कर्णालीविरूद्ध काठमाडौँको सहज जित

Dhairya Kanta Dutta 13 hours ago

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरूद्ध पाँच विकेटको जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीविरूद्ध काठमाडौँले यो जित निकालेको हो। यो जितसँगै काठमाडौँ प्लेअफ नजिक पुगेको छ।

कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। काठमाडौँका लागि इरास्मस र जोन सिम्पसनले सानदार साझेदारी गरे।

इरास्म्स ३३ बलमा दुई चौका र दुई छक्कासहित ४३ रन बनाए। त्यस्तै सिम्पसनले २१ बलमा चार चौका र दुई छक्कासहित ४१ रनको इनिङ खेले। त्यस्तै मिलिन्द कुमारले १५, बेन काल्र्सवर्थले ३४ रनको योगदान दिए।

कर्णालीका लागि नन्दन यादवले ३ र विपिन शर्माले १ विकेट लिए।

यसअघि ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि गुलशन झाले आक्रमक ब्याटिङ गर्दै ४९ रन बनाए। २२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै मार्क वाटले ३० र पवन सर्राफले ३५ रनको योगदान दिए।

काठमाडौँका लागि रासिद खानले २, करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए।

Read more news from Himal Press

Explore by Source or Category