उपाधिका लागि यूएईले नेपाललाई दियो १४८ रनको लक्ष्य, दयानन्दले लिए ६ विकेट
काठमाडौं । जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा आयाेजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई उपाधिका लागि सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।
अजमानस्थित करवान मैदानमा टस हारेर ब्याटिङमा उत्रिएकाे युएईले ४५.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७ रन बनाउन सक्यो। उसको इनिङ्समा प्रमुख ब्याट्सम्यान खुदादाद ले संघर्षपूर्ण ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले लामो साथ दिन सकेनन्।
ओपनर राई पहिलो बलमै शून्यमा आउट भएपछि युएईको इनिङ्स सुरुबाटै दबाबमा आएको थियो। त्यसपछि खुदादादले १२६ बल खेल्दै ७१ रनको महत्वपूर्ण इनिङ्स खेले। उनको इनिङ्स नै टोलीको कुल स्कोरको मुख्य आधार बन्यो।
अयोबीले ४७ बलमा २६ रन बनाएर खुदादादलाई केही साथ दिए। बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर दयानन्दले घातक बलिङ गरे। उनले खुदादादसहित ६ विकेट लिएर युएईको ब्याटिङक्रम ध्वस्त पारे। यसैगरी, अपराजित पौडले २ विकेट लिएका थिए।