npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

द्वन्द्वको घटनाबाट हामीले पाठ सिकेर अगाडि बढ्नुपर्छ : रवि शंकर सैंजु

इन्द्र कमल रोक्का 12 hours ago

काठमाडौं । वाणिज्यविद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए ।

‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमि आउने देखिएको छ ।’

उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन् ।

Read more news from Kendrabindu

Explore by Source or Category