npl.977 Nepal News Stream

Himal Press logo Himal Press

निगमले गर्‍यो पेट्रोलियम पदार्थको मूल्य समायोजन

Ramesh Dawadi 4 hours ago

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार १२:०० बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरेको हो।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

Read more news from Himal Press

Explore by Source or Category