RONB post
मेयर बालेन शाहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । शाहका बुवा रामनारायण शाहको उपचारको क्रममा निधन भएको हो ।
उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको हो ।
स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
रामनारायण शाह पेसाले आयुर्वेद चिकित्सक हुन् । उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गर्थे । लामो समय त्यहाँ काम गरेपछि उनी सिंहदरबारस्थित वैद्यखाना सरुवा भएका थिए ।
The post मेयर बालेन शाहलाई पितृशोक appeared first on RONB post.