npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

तोरीले पहेँलपुर चितवन

नेपालन्युज 1 hour ago

यतिबेला चितवनका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेँलपुर भएको छ। कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७.९४ मेट्रिक टन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान छ। गत वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो।

आर्थिक वर्ष २०७९/८० मा १५ हजार ९२४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ हजार १०८ मेट्रिक टन तोरी उत्पादन भएको थियो। त्यसैगरी, आव २०७७/७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १२ हजार २१८ मेट्रिक टन तोरी उत्पादन भएको थियो। आव २०७८/७९ मा १३ हजार २७० क्षेत्रफलमा तोरी खेती गरिएकामा १४ हजार ८६२ मेट्रिक टन उत्पादन भएको थियो। क्रमशः तोरी खेती गर्ने क्षेत्रफल र उत्पादन बढिरहेको कृषि विकास कार्यालयले जानकारी दिएको छ।

पछिल्लो समय जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको उत्पादन बढेको  हो। निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जंगली जनावरले क्षति नपुर्‍याउने भएकाले पनि चितवनमा तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो।

तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत कारण थिए। कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टरमा सीमित बनेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ। बजारमा तेलको मूल्य बढ्नु, बजारमा पाइने अरू प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले किसानको तोरी खेतीतर्फ आकर्षित छन्।

चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ। चितवन तोरीका लागि प्रख्यात जिल्ला हो।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Read more news from नेपाल न्युज

Explore by Source or Category