npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

ई-स्पोर्ट्स च्याम्पियनसिप खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ

नेपालन्युज 4 hours ago

काठमाडौँ। नेपालले आईईएसएफ विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्स: ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ। प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदै छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने ई-स्पोर्ट्स टिमलाई बिदाइ गरे। अध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई बिदाइ गर्दै टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा व्यक्त गरे।

आईईएसएफ विश्व ई-स्पोर्ट्समा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ। पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा छन्। प्रशिक्षकमा म्याथ्यु ह्वि योङ तान छन्।

महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछन्। महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category