npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

पर्यटक आगमन १.८ प्रतिशतले वृद्धि, नोभेम्बरमा भित्रिए एक लाख १६ हजार विदेशी

Basudev Timalsina 6 hours ago

काठमाडौं। हवाइ मार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढेको छ। यसपालि नोभेम्बरमा पोहोर सोही महिनाको तुलनामा पर्यटक आगमन १.८ प्रतिशतले बढेको हो।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पोहोर नोभेम्बरमा यो संख्या १ लाख १४ हजार ४९६ थियो।

अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

दक्षिण एसिया र अमेरिकाबाहेक अन्य क्षेत्रबाट पर्यटकको संख्या बढेको छ। आसियाना क्षेत्रबाट पर्यटक आगमन सबैभन्दा धेरै ११.१ प्रतिशतले बढेको छ। दक्षिण एसियाली पर्यटक १ प्रतिशत र अमेरिकी पर्यटकको संख्या ०.८ प्रतिशतले घट्दा युरोपेली पर्यटकको संख्या ७.२ प्रतिशतले बढेको छ।

दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएका छन्।

नोभेम्बरमा भारतबाट सबैभन्दा बढी १८ हजार ९९५ पर्यटक भित्रिएका छन्।

त्यसैगरी अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४  पर्यटक भित्रिएको बोर्डले जनाएको छ।

जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा १० लाख ६० हजार २६९ पर्यटक आएका छन्। यो संख्या पोहोर सोही अवधिको तुलनामा करिब ५ हजार बढी हो।

The post पर्यटक आगमन १.८ प्रतिशतले वृद्धि, नोभेम्बरमा भित्रिए एक लाख १६ हजार विदेशी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category