npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

सरकारी जागिरको अवसर: ४ हजार ४ सयभन्दा बढी जनशक्ति माग

Saral Patrika 8 hours ago

काठमाडौँ । सरकारले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सूचना जारी गर्दै कुल ४,४३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो।

देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन र सुपरिवेक्षणका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो।

कुन पदमा कति माग?

सुपरिवेक्षक: ५२६ जना (योग्यता: स्नातक तह उत्तीर्ण)

गणक: ३,९१३ जना (योग्यता: १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण)

सेवा सुविधा र अवधि

यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ।

सुपरिवेक्षकको तलब: मासिक ३४,७३० रुपैयाँ

गणकको तलब: मासिक ३२,९०२ रुपैयाँ

आवेदन प्रक्रिया र समयसीमा

आवेदन दिने माध्यम: अनलाइन- राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइटमार्फत

अन्तिम मिति: सूचना प्रकाशित भएको २१ दिनभित्र।

छनोट प्रक्रिया: सर्टलिस्ट र अन्तर्वार्ता।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले कार्यालयको आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। म्याद नाघी आएका वा रित नपुगेका आवेदनमाथि कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ।

Read more news from Saral patrika

Explore by Source or Category