npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचन आयोग बाहिर तनावः देउवा र गगन दुवै पक्षको नाराबाजी

इन्द्र कमल रोक्का 8 hours ago

काठमाडौं । निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै पक्ष नाराबाजीमा उत्रिएका छन् । आफूहरुलाई आधिकारिकता दिन माग गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र शेरबहादुर देउवा पक्षले नाराबाजी गरेको हो ।

आज मात्रै शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका थिए । केहीबेरअघि थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू निर्वाचन आयोगमा धर्ना बसेका थिए भने अहिले देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ता,तरुण दलका नेता कार्यकर्ता आयोग परिसरमा धर्ना दिन पुगेपछि नाराबाजी चर्किएकाे हाे ।

अहिले दुई पक्षीय नेता-कार्यकता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category