npl.977 Nepal News Stream

RONB post logo RONB post

माघे संक्रान्तिले चाकु र ‘तरुलमय’ बन्यो बजार (फोटोफिचर)

RONB Post 21 hours ago

काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटीमा तरुल किन्ने उपभोक्ताको चहलपहल बढेको छ।

पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेका छन्।

हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ।

माघेसंक्रान्तिमा तरुल खाने परम्पराका कारण माग बढ्दा बजारमा व्यापार पनि उल्लेख्य रूपमा बढेको छ।

माघे सङ्क्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड तथा पिँडालु र चकुको बिक्री बढेको छ। कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ ।

उपत्यकाको मुख्य तरकारी बजार कालिमाटीमा मुख्यतया सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट तरुल आउने गरेको व्यवसायी बताउँछन्। पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने अनि माघे सङ्क्रान्तिमा खाने प्रचलन रहेको छ ।

The post माघे संक्रान्तिले चाकु र ‘तरुलमय’ बन्यो बजार (फोटोफिचर) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category