काठमाडौंमा ४ माघमा एमालेले चुनावी सभा गर्ने
प्रेम गुरागाई
|
8 hours ago
काठमाडौं । नेकपा (एमाले)ले माघ ४ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।
नेकपा (एमाले)का सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिए ।
‘४ माघमा १२ बजे भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्याली निकाल्छौं र त्यो र्याली राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सभामा परिणत हुनेछ,’ उनले भने, ‘एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सभालाई सम्बोधन गर्नुहुनेछ ।’ उनले भने
फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागी माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यसुचि रहेको छ ।