npl.977 Nepal News Stream

GandakNews logo GandakNews

३८ वर्षपछि डाँकाचोरीका फरार प्रतिवादी समातिए

राम बहादुर रोकाहा 2 days ago

३८ वर्षदेखि फरार रहेर लुकिछिपी बस्दै आएका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका –८ (साविक कोल्मा बराहचौर –८) का ६८ वर्षीय कृष्णबहादुर शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

लामो समयदेखि विभिन्न स्थानमा लुकेर बस्दै आएका शाहीलाई पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको डिएसपी चौधरीले बताए । उनका अनुसार फैसला कार्यान्वयन हुन नदिई शाही वर्षौंदेखि उम्किरहेका थिए ।

स्याङ्जा जिल्ला अदालतले २०४३ साल माघ ७ गते बहाकोट गाविस –७, गेउडाँडामा भएको डाँकाचोरी प्रकरणमा शाहीलाई आठ महिना चार दिनको कैद सजाय तोकेको थियो । तर फैसला भएपछि उनी फरार रहेका थिए ।

Read more news from GandakNews

Explore by Source or Category