npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

शेखरले भने : कुनैपनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन

नेपाल न्युज 5 hours ago

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्।

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बोलाउने अधिकार छ। तर विशेष अधिवेशन कार्यसूची, कार्य तालिका, कार्यविधि सबै केन्द्रीय कार्य समितिले बनाउनुपर्छ भन्ने कुरा प्रस्ट रूपले विधानले भनेको छ। नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्य समिति निर्वाचन आयोगमै हुनुहुन्छ। केही चोइटिएर जानुभएको होला। विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार नै छैन। कसैले कुनै पदाधिकारी या कसैले पनि विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन।’

डा. कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार कुनैपनि पदाधिकारी वा व्यक्तिलाई एकल रूपमा विशेष महाधिवेशन बोलाउने अधिकार नदिइएको स्पष्ट पारे । विशेष महाधिवेशनका लागि संकलन गरिएका हस्ताक्षरमध्ये धेरै फिर्ता भइसकेको दाबी गर्दै नेता कोइरालाले ती हस्ताक्षर फिर्ता भएको निस्सा प्रमाणका रूपमा आफूहरूले ल्याएको समेत बताए ।

Read more news from नेपाल न्युज

Explore by Source or Category