भेनेजुएलाकी विपक्षी नेतृ मारियाले ट्रम्पलाई दिए आफूले पाएको नोबेल शान्ति पुरस्कार
भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूले पाएको नोबेल शान्ति पुरस्कार प्रदान गरेकी छन्। मारियाले ह्ववाइट हाउसमा ट्रम्पसँगको भेटमा पुरस्कार साझा गरेको बताएकी हुन्।
उनले ट्रम्पसँगको भेटलाई भेनेजुएलाका नागरिकहरुका लागि ऐतिहासिक दिन भएको समेत बताएकी छन्। ट्रम्पले पनि पुरस्कार ग्रहण गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।
मारियाले भेनेजुएलामा निकोलस मादुरो सरकारको विरोध गर्दै आएकी थिइन्। भेनेजुएला बाहिर बस्दै आएकी उनी ट्रम्पले मादुरोलाई राष्ट्रपति निवासबाट पक्राउ गरेर अमेरिका लगे पछि मारियाले भेनेजुएला फर्किने बताएकी छन्।
ट्रम्पले मारियालाई तत्काल भेनेजुएलाको कार्यभार नसुम्पेकोमा भने विपक्षी नेतृको टिम अन्योलमा रहेको भनिन्छ। तर, मारियले आफ्नो देशको सम्प्रभूता ट्रम्पलाई दिएको भनेर आलोचना पनि भइरहेको छ।
नोबेल कमिटीले भने पुरस्कार कसैसँग साट्न नपाइने भनेर यसअघि नै भनिसकेको छ।
The post भेनेजुएलाकी विपक्षी नेतृ मारियाले ट्रम्पलाई दिए आफूले पाएको नोबेल शान्ति पुरस्कार appeared first on BIZMANDU.