npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

कांग्रेसभित्रको घटनालाई गम्भीरतापूर्वक लिएका छौँ : गृहमन्त्री अर्याल

नेपालन्युज 13 hours ago

धनुषा। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको प्रमुख पार्टी नेपाली कांग्रेसभित्र देखिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुर पुगेका गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्।

उनले भने‚ “कांग्रेसभित्र घटेका घटना-परिघटनाबारे हामी जानकारी लिइरहेका छौँ। त्यसले चुनावमा असर पर्छ कि पर्दैन भनेर सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको छ। यसमा अहिले नै केही भन्नु उपयुक्त हुँदैन। तर पनि सरकार २१ फागुनमा चुनाव गराउन प्रतिबद्ध छ।”

चुनाव संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले भने‚ “यसमा नागरिक समाज‚ राजनीतिक दल सबैको सहयोग आवश्यक छ।” केही वर्षयता तराई-मधेसमा धार्मिक सद्भावमा खलल पुर्‍याउने कार्यमा संलग्नहरूलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि गृहमन्त्री अर्यालले बताए।

राष्ट्रले सुम्पिएको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिँदै उनले व्यावसायिकता‚ निष्पक्षता र समन्वयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।

गृहमन्त्री अर्यालका अनुसार विगतमा लुटिएका हतियारहरू फिर्ता हुने क्रम जारी रहेको छ र समग्र शान्ति-सुरक्षाको अवस्था सरकारको नियन्त्रणमा छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category