गगनको पक्षमा निर्वाचन आयोगको फैसला मान्य छैन : पूर्णबहादुर खड्का
Sahayog Ranjit
|
5 hours ago
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापालाई सभापतिको मान्यता दिएपछि उनले आयोगको निर्णय नमान्ने बताएका हुन्।
शेरबहादुर देउवा पक्षबाट आयोग पुगेका उनले आयोगले गगनको पक्षमा निर्णय गरे देशभर आन्दोलन गर्ने धम्की दिएका थिए।
‘यो निर्णय हामीलाई मान्य छैन। हामी बैठक बसेर थप निर्णय लिन्छौ,’ खड्काले भने।
The post गगनको पक्षमा निर्वाचन आयोगको फैसला मान्य छैन : पूर्णबहादुर खड्का appeared first on BIZMANDU.