npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

एसबिआई बैंक लुट प्रकरण: पक्राउ परेका सबै रङ लगाउने काम गर्ने मजदुर, जंगलमा भोक लागेपछि चाउचाउ किन्न जाँदा पक्राउ !

Sudarshan Shrestha 20 hours ago

काठमाडौँ । नेपाल एसबिआई बैंकको शाखा लुटेर भागेका र पछि पक्राउ परेकामध्ये दुईजना नुवाकोटका, एकजना चितवन र एकजना मकवानपुरका भएको खुलासा भएको छ । उनीहरु रङ लगाउने काम गर्ने मजदुर भएको पनि खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले केटी भगाउने भन्दै गाडी बुक गरेअक थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार विभिन्न ठाउँबाट काठमाडौँमा भेट भएका उनीहरुले केहि समय अघि बैंक लुट्ने योजना बनाएका थिए । तर उनीहरुले सिन्धुली नै किन रोजे भन्ने विषयबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बैंक लुटेर जंगल पसेका उनीहरुलाई प्रहरीले खोजिरहेको थियो । तर, भोक लागेपछि चाउचाउ र रेड बुल किन्न जंगलबाहिर निस्केका उनीहरुलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category