npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

गगन थापाले भने- अन्तरिम नेतृत्व मात्रै मागेका थियौँ, देउवा मानेनन्

नेपालन्युज 18 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अन्तरिम नेतृत्व मात्रै माग्दासमेत सभापति शेरबहादुर देउवाले नमानेको बताएका छन्। विशेष महाधिवेशनस्थलमा मन्तव्य दिँदै थापाले नेतृत्वसमेत आफूहरूले दाबी नगरिरहेको अवस्थालाई समेत स्वीकार नगरिएको बताए।

पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा शेखर कोइरालालाई अन्तरिम सभापति स्वीकार गरेर अघि बढ्न देउवा तयार नभएको थापाले बताए। “हाम्रो अरू केही माग थिएन, विशेष महाधिवेशनलाई ग्रहण गरी अन्तरिम नेतृत्व चयन गरेर जाऔं भन्यौं,” उनले भने, “जसको नेतृत्वमा गए पनि हुन्छ भनेका थियौँ, तर देउवाले अस्वीकार गर्नुभयो।”

विशेष महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधहरूले देउवाविरुद्ध नाराबाजी गरेका छन्। कार्यकर्ताले गगन-विश्वप्रकाशको पक्ष र सभापति शेरबहादुर देउवाको विरोध गरिरहेका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category