npl.977 Nepal News Stream

Taksar News logo Taksar News

कात्तिकसम्म जीवन बिमा कम्पनीहरूले गरे ६२ अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन , कुनकाे कति ?

टक्सार न्युज 2 hours ago

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनासम्ममा जीवन बिमा कम्पनीहरूले ६२ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क सङ्कलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ ओटा जीवन बिमा कम्पनीहरूले १ करोड १४ लाख ९० हजार ४६५ ओटा बिमा पोलिसी बिक्री गरी ६२ अर्ब २१ करोड ८४ लाख ५८ हजार रुपैयाँ कुल बिमामाशुल्क सङ्कलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बिमाशुल्क सङ्कलन गरेको छ । कम्पनीले १७ अर्ब कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेसनल लाइफले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ, एलआइसी नेपालले ६ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेका छन् ।

त्यस्तै, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख, राष्ट्रिय जीवन बिमाले ५ अर्ब ३ करोड ९३ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड, सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख, एसियन लाइफले २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेका छन् ।

सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । मेट लाइफले २ अर्ब ९ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।

रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेको छ भने सन् नेपाल लाइफले १ अर्ब ३० करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

Read more news from Taksar News

Explore by Source or Category