npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

नेपालन्युजकर्मी थापालाई सेजनको अवार्ड

नेपालन्युज 4 hours ago

काठमाडौँ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सवका अवसरमा नेपालन्युजकर्मी उद्धव थापा सम्मानित भएका छन्।

उनलाई ‘डा. भोला चालिसे लिबरल जर्नलिज्म अवार्ड-२०८२’ बाट सम्मान गरिएको हो। थापाले नेपालन्युजमा लेखेको मुआब्जाको पासोमा ठूला परियोजना शीर्षक समाचारलाई अवार्ड प्रदान गरिएको हो। यो अवार्ड अन्नपूर्ण पोस्ट दैनिककी सुनीता कार्कीले पनि पाएकी छन्। पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ। २९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारिता क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा आर्थिक विषयवस्तुको प्रभावकारी उठान गर्ने आर्थिक पत्रकारलाई अवार्ड प्रदान गरिएको हो।

यस वर्षको ‘सेजन अवार्ड’ अनलाइनखबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई प्रदान गरियो। समारोहमा स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको ‘सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार-२०८२’ गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई प्रदान गरिएको छ।

सेजन अवार्ड २०८२ अन्तर्गतको अन्य विधामा छापामाध्यमतर्फ कान्तिपुर दैनिकका विमल खतिवडा र डिजिटल मिडियातर्फ बिजमान्डू डटकमका सुनील कुँवरले अवार्ड प्राप्त गरे।

पुरस्कार छनोट निर्णायक समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष गोपाल तिवारीले सबै पुरस्कार प्राप्त पत्रकारहरूको नाम औपचारिक रूपमा घोषणा गरेका थिए। समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारलाई प्रमाणपत्र र नगदसहित सम्मान गरे।

कार्यक्रममा दिवंगत सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको फुटसल प्रतियोगिताका विजयी टोलीलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category