npl.977 Nepal News Stream

RONB post logo RONB post

प्रहरीद्वारा एक महिनामा २४ करोड ८५ लाख राजस्व दाखिला

RONB Post 18 hours ago

काठमाडौं । नेपाल प्रहरीले कात्तिक महिनामा २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारको राजस्वमा रकम दाखिला गरेपछि प्रहरीले आइतबार तथ्यांक सार्वजनिक गरेको हो।

सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै अवैध मालसामान बरामदबाट १० करोड ८४ लाख ७ हजार ६२५ रुपैयाँ राज्यकोषमा जम्मा भएको देखिएको छ। अदालती फैसला कार्यान्वयनबाट ६ करोड ९६ लाख ७१ हजार ४४२ रुपैया संकलन भएको छ ।

अवैध सुनचाँदीबाट ३४ लाख ९७ हजार ९१९ रुपैयाँको बरामद गरेको छ भने त्यस्तै, स्रोत नखुलेको १ करोड ३५ लाख ८४ हजार ३५० रुपैयाँ बरामद गरेको छ ।

सो अवधिमा अवैध मुद्राबाट १ लाख ७ हजार ४०० रुपैयाँ संकलन गरेको छ ।

ट्राफिक कारबाहीबाट ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ राज्यकोषमा जम्मा भएको तथ्यांकमा देखिएको छ।

अवैध पशुपक्षी १३ लाख ५५ हजार ९५० रुपैयाँ, काठ बरामद १० लाख ३ हजार ३८७ रुपैयाँको बरामद गरेको छ। नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेबाट ११ लाख ४० हजार ८३० रुपैयाँ राजस्व संकलन गरेको छ।

The post प्रहरीद्वारा एक महिनामा २४ करोड ८५ लाख राजस्व दाखिला appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category