npl.977 Nepal News Stream

GandakNews logo GandakNews

पूर्वराजाको सन्देशः देश नै नरहने चिन्ता, ‘पृथ्वीपथ’मा लाग्न आव्हान

गण्डक न्यूज 3 days ago

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता भएपनि आज भने देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको जनाएका हुन् ।

सन्देशमा उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले आफूलाई चिन्तित तुल्याएको बताएका छन् ।

भाषण, जादू र चमत्कारले देश नबनेको र नबन्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने जनाएका छन् । सबै जनताले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्ने उनले बताएका छन् ।

‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौं र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।’ भिडियो सन्देशमा उनले भनेका छन् ।

Read more news from GandakNews

Explore by Source or Category