विद्रोहपछि कांग्रेसमा गगन र विश्वको उदय, भृकुटीमण्डपमा विजय उत्सव (तस्विरहरु)
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
विशेष महाधिवेशनले सम्पूर्ण कार्यसमिति सहमतिका आधारमा चयन गरेको हो। पार्टीको पुरानै विधान अनुसार कार्यसमिति चयन भएको हो।

सहमति अनुसार सभापतिमा थापा तथा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पमा भुसाल रहेका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन्।
सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदय शमशेर जबरा, मुक्ताकुमारी यादव, फर्मुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा रहेका छन्।
कांग्रेसमा विद्रोह गरेर गगन र विश्वप्रकाले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गराउन सफल भएका हुन्।











The post विद्रोहपछि कांग्रेसमा गगन र विश्वको उदय, भृकुटीमण्डपमा विजय उत्सव (तस्विरहरु) appeared first on BIZMANDU.