दोस्रो एकदिवसीयमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले हरायो
काठमाडौँ। न्युजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ। यससँगै तीन खेलको शृङ्खला १-१ को बराबरी भएको छ।
राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो।
पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो। भारतका केएल राहुलले अविजित १ सय १२ रन बनाए। राहुलले ९२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। ओपनर तथा कप्तान शुभमन गिलले ५३ बलमा ९ चौका र १ छक्कासहित ५६ रन बनाए।
त्यस्तै, रविन्द्र जडेजाले २७, अर्का ओपनर रोहित शर्माले २४, विराट कोहलीले २३ तथा नितिश कुमार रेड्डीले २० रन जोडे।
न्युजिल्यान्डका क्रिस्टियन क्लार्कले ३ विकेट लिए।
न्युजिल्यान्डका डेभन कन्वे १६ र हेन्री निकोल्स १० रनमा आउट भए। त्यसपछि ड्यारिल मिचेल र विल यंगले तेस्रो विकेटका लागि १ सय ६२ रनको साझेदारी गर्दै खेल न्युजिल्यान्डको पक्षमा पारे। यंगले ९८ बलमा ७ चौकासहित ८७ रन बनाए। न्युजिल्यान्डले ४७ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।