npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

चर्च ब्वाइजको बराबरी, फ्रेन्ड्सको जित

Prakash Timalsina 1 day ago

काठमाडौं (हाम्रो खेलकुद)- सहिद ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडले बराबरीबाट राष्ट्रिय लिगको सुरुवात गरेको छ।

विवाद, अन्योल र रस्साकस्सीपछि आजबाट सुरु भएको राष्ट्रिय लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले एन्फा प्रेसिडेन्ट कपबाट छनोटमा भएको काक्रेविहार क्लबलाई ३-१ ले हराएको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अग्रता काक्रेविहारले लिएको थियो। छैटौं मिनेटमा खेमराज श्रेष्ठको आत्मघाती गोलबाट काक्रेविहार अगाडि लिएको हो। इन्जुरी समयमा प्रशान्त लक्षमले गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरी भएको थियो।

५९ औं मिनेटमा प्रवेश बस्नेतको गोलमा फ्रेन्ड्सले अग्रता लिएको थियो। आशिष चापागाईंले अन्तिम मिनेटमा गोल गर्दै फ्रेन्ड्सको जित पक्का गरे।

दोस्रो खेलमा श्री भगवती क्लब चर्च ब्वाइज बराबरीमा खेलेका थिए। श्री भगवतीले पहिलो अग्रता लिएपनि जोगाउन सकेन।

४५ औं मिनेटमा हरिहर मगरको गोलमा श्री भगवतीले अग्रता लिएको थियो। कप्तान एरिका विष्टले ६५ औं मिनेटमा बराबरी गोल गरेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा रेलिगेसनसहितको ए डिभिजन लिग सम्पन्न गरेको ९ सय ४८ दिन भइसकेको छ।

ए डिभिजन अनिश्चित रहँदै गर्दा एन्फाले विना रेलिगेसनको राष्ट्रिय लिग सुरु गरेको छ। यसमा १३ ए डिभिजन टोली र प्रेसिडेन्ट कपबाट छनोट भइआएका ४ गरि १७ टोलीको सहभागिता रहेको छ।

The post चर्च ब्वाइजको बराबरी, फ्रेन्ड्सको जित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category