सेजनको डिजिटल मिडिया अवार्ड बिजमाण्डूकर्मी सुनिल कुँवरलाई, अर्थमन्त्री खनालले गरे पुरस्कृत
Basudev Timalsina
|
4 hours ago
काठमाडौं। बिजमाण्डूकर्मी सुनिल कुँवरले सेजन डिजिटल मिडिया अवार्ड पाएका छन्।
सेजनले सोमबार आफ्नो २९औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी अवार्ड प्रदान गरेको छ।
सेजनका तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले अवार्ड प्रदान गरे। अवार्ड ५० हजार रुपैयाँ राशीको हो।
यस्तै पवन तिमिल्सिना र भुवन पाैडेलले सेजन अवार्ड पाएका छन्। छापातर्फको सेजन अवार्ड विमल खतिवडालाई प्रदान गरिएको छ।
भाेला चालिसे लिबरल जर्नलिजम अवार्ड उद्धव थापा र सुनिता कार्की तथा सन्जय न्यौपाने रिसर्च ग्रान्ट भेषराज बेल्वासेले पाएका छन्।
The post सेजनको डिजिटल मिडिया अवार्ड बिजमाण्डूकर्मी सुनिल कुँवरलाई, अर्थमन्त्री खनालले गरे पुरस्कृत appeared first on BIZMANDU.