npl.977 Nepal News Stream

Himal Press logo Himal Press

दोस्रो सेभेन एसाइड फुटबल प्रतियोगिता सुरु

Keshav Rana Chhetri 9 hours ago

बुटवल- बुटवल-८, सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिताको रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गरे। अध्यक्ष पुनले विद्यालयहरूले खेलकुदलाई अनिवार्य पाठ्यक्रममा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए।

क्यानन माविका अध्यक्ष थानेश्वर पौडेलले खेलको विकास र विद्यार्थीहरुलाई सामाजिक, आर्थिक, शैक्षिक रूपमा भविष्य बनाउने प्ररेणाका लागि प्रतियोगिता गरेको बताए।

यसै गरी विद्यालयका प्राचार्य शंकर भण्डारीले आफूहरूले सेभेन ए साइड फुटबल प्रतियोगितालाई ब्राण्डका रूपमा स्थापित गर्ने जमर्को स्वरुप जिल्ला स्तरीय प्रतियोगिता गरेको बताए। उनले हरेक विद्यालयले एउटा विधाको खेललाई प्रोत्साहन गर्न सक्ने बताए।

सोमबार भएको उद्घाटन खेलमा ६ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन्। सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा सेभेन स्टार विद्यालयलाई कान्ति माविले १–० ले पराजित गर्‍यो। कान्ति माविका रञ्जित कुँवरले गरेको १ गोल नै निर्णायक भयो।

यस्तै दोस्रो खेलमा गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूले नविन औद्योगिक मावि बुटवललाई पराजित गरेको छ। निर्धारित समय गोलरहित बराबरी भए पनि खेल ट्राइबेकरमा ३–२ ले स्कलर्स होमले जित निकालेको हो। ट्राइबेकरमा स्लकर्सका गोलकिपर नविन मस्राङ्गीले उत्कृष्ट बचाउ गर्दै खेलमा जित निकाले।

प्रतियोगिता अन्तर्गत आईतबार भएको तेस्रो खेलमा समिट बोर्डिङ स्कूललाई ट्राईबेकरमा अक्सफोर्ड माविको ‘ए’ ले ३ गोल गरी विजयी भएको छ। यसै गरी चौथौ खेलमा न्यू नमुना स्कुल प्रतियोगितामा नआएपछि ग्लोरी बोर्डिङ स्कुल वाकओभर पाएर अगाडि बढेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए।

पाँचौ खेलमा नविक औद्योगिक कदर बहादुर रीता माविले तिलोत्तमा माविलाई १–० ले पराजित गराएको छ। नविन बी का नविन परियारले एक गोल गरेका थिए। यसै गरी दीप बोर्डिङ स्कूल र एभरेष्ट बोर्डिङ स्कुलका बीचमा भएको अन्तिम तथा छैटौं खेलमा ट्राइबेकर मार्फत एभरेष्ट बोर्डिङ स्कुल विजयी भएको छ।

१९ गतेसम्म चल्ने प्रतियोगितामा २९ वटा विद्यालयले भाग लिएका छन्। प्रतियोगिताअन्तर्गत सोमबार पनि ६ वटा खेल हुने खेल संयोजक पवन बस्यालले बताए।

प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ सहित पुरस्कृत गरिने सहप्राचार्य विष्णुप्रसाद न्यौपानेले बताए।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक र गोल स्कोरलाई ३/३ हजार तथा हरेक खेलको म्यान अफ दी म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको छ। गत वर्ष स्कलर्स होम बोर्डिङ स्कुलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो।

Read more news from Himal Press

Explore by Source or Category