RONB post
कर्णालीले काठमाण्डुलाई दियो १५० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
टस जितेर काठमाण्डु गोर्खाजविरुद्ध पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
कर्णालीका लागि गुल्शन झाले ४९ रन, पवन सराफले ३५ कार्म वाल्टले ३० रन बनाए । काठमाण्डुको लागि रशिद खानले २ विकेट लिए ।
करण केसीको नेतृत्वमा रहेको काठमाण्डू तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाण्डूका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
सोमपाल कामीको कप्तानीमा चार वटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले हालसम्म एउटा मात्र खेलमा जित निकालेको छ । अंक तालिकामा दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ।
पाँच खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान चार अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुईदुई अंक छ भने जनकपुर अंकबिहीन पुछारमा छ ।
The post कर्णालीले काठमाण्डुलाई दियो १५० रनको लक्ष्य appeared first on RONB post.