RONB post
कर्णाली र काठमाण्डू खेल्दै, दुवै टोली जित्नै पर्ने दबाब
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार एउटा मात्र खेल हुँदैछ। दिउँसो ३ः३० बजे सुरु हुने खेलमा काठमाण्डु गुर्खाज र कर्णाली याक्स भिड्ने छन् ।
करण केसीको नेतृत्वमा रहेको काठमाण्डू तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाण्डूका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
सोमपाल कामीको कप्तानीमा चार वटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले हालसम्म एउटा मात्र खेलमा जित निकालेको छ । अंक तालिकामा दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ।
पाँच खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान चार अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुईदुई अंक छ भने जनकपुर अंकबिहीन पुछारमा छ ।
The post कर्णाली र काठमाण्डू खेल्दै, दुवै टोली जित्नै पर्ने दबाब appeared first on RONB post.