npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किँदैछन् -घनश्याम भुसाल

इन्द्र कमल रोक्का 1 hour ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।

मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन् ।

साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार गर्न र नयाँ राजनीतिको बाटो बनाउनको लागि भदौ २४ गतेको विध्वंश र जेनजीहरुको माग नयाँ पानी ढलो हुन्छ भन्ने आम जनताको विचार गलत साबित भइरहेको पनि उनको भनाई छ । उनले जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो त्यो बिस्फोटबाट मुलुकले केही नपाएको भन्दै पुराना भनिएका ठूला सत्ताधारी पार्टीका तीनै अनुहारहरु जस्ताको त्यस्तै फर्किनु यो कुराको प्रमाण भएको बताए ।

उनले भने, ‘जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो, त्यो बिस्फोटबाट मुलुकले केही नपाउने देखिदैछ । फेरि पनि तिनै अनुहारहरु, पुराना भनिएका ठूला सत्ताधारी पार्टीका अनुहारहरु जस्ताको त्यस्तै फेरि राजनीतिमा फर्किने संकेत देखिदैछ ।’

उनले ‘वर्तमान ठोस परिस्थिति र पार्टी निर्माण’ शिर्षकको प्रस्तावमाथि बैठकले विस्तृत छलफल गरेको पनि बताए ।

बैठकबाट जेनजीको शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानविन गरी कारवाही गर्न जोडदार माग गर्ने प्रस्ताव पनि पारित भएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category