npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

जेनजी मुभमेन्टले भन्यो- गम्भीर अपराधमा मुछिएका रविलाई उन्मुक्ति दिनु अस्वीकार्य

नेपालन्युज 12 hours ago

काठमाडौँ। सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने प्रयास आपत्तिजनक र अस्वीकार्य भएको जेन-जी मुभमेन्ट नेपालले बताएको छ।

महान्यायाधिवक्तामाथि शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरेको आरोप मुभमेन्टको आरोप छ। महान्यायाधिवक्ता सबिता भण्डारीले संगगिठत अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा लामिछानेलाई छुट दिने निर्णय गरेकी थिइन्।

मुभमेन्टले बिहीबार प्रेस वक्तव्य जारी गर्दै किशोरीको डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई उन्मुक्ति दिइएको घटनापछि पनि महान्यायाधिवक्ताको तत्काल बर्खास्तीको माग गरिएको जनाएको छ।

२४ भदौमा लामिछानेको गिरोहले जेल भत्काएर कैदी भगाएको र देशभर अराजकता फैलाएको घटनालाई स्मरण गराउँदै योजनाबद्ध रूपमा अस्थिरता सिर्जना गरिएको मुभमेन्टको दाबी छ। मुभमेन्टले अपराधीलाई दिइने कुनै पनि उन्मुक्ति जेन-जी विद्रोहप्रति धोका र बलिदानीप्रति गम्भीर अपमान हुने स्पष्ट पारेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category