npl.977 Nepal News Stream

Himal Press logo Himal Press

राजर्षि जनक विश्वविद्यालयले माग्यो कर्मचारी (विज्ञापनसहित)

Ramesh Dawadi 3 hours ago

काठमाडौँ- राजर्षि जनक विश्वविद्यालयले सहप्राध्यापक, उपप्राध्यापक तथा विभिन्न पदका कर्मचारी माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै विश्वविद्यालयले ४ विषयमा सहप्राध्यापक, १९ जना उपप्राध्यापक र ११ पदका लागि १३ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार व्यवस्थापन, कम्प्युटर साइन्स, क्लिनिकल, कानुन, जनस्वास्थ्य, अंग्रेजी, अर्थशास्त्र, तथ्यांकशास्त्र, सिभिल इन्जिनियरिङलगायत विषयमा सहप्राध्यापक तथा उपप्राध्यापक आवश्यक रहेको विश्वविद्यालयले जनाएको छ।

त्यसैगरी शाखा अधिकृत, लेखा अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहयोगीलगायत पदमा कर्मचारी माग गरिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २ गतेदेखि फागुन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

दरखास्त शुल्क सहप्राध्यापकका लागि ४ हजार ५०० रुपैयाँ र उपप्राध्यापकका लागि ४ हजार रुपैयाँ तोकिएको छ। कर्मचारीतर्फ अधिकृतस्तरका लागि ३ हजार, सहायक वा सोसरहका लागि २ हजार ५०० तथा सहायकस्तरका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

Read more news from Himal Press

Explore by Source or Category